बाराको पचरौतामा झन्डा मेलाको विषयमा झडप, प्रहरीद्वारा आठ राउन्ड हवाई फायर

बारा । बाराको पचरौता नगरपालिकामा झन्डा मेला लगाउने विषयमा झडप भएको छ । झडपलाई सामान्य बनाउन प्रहरीले आठ राउन्ड हवाई फायर समेत गरेको बुझिएको छ । पचरौता – ७ स्थित बेनौलीमा आयोजना हुन् लागेको झन्डा मेलाका क्रममा झडप भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए । डिएसपी न्यौपानेका अनुसार … Read more

छोराको कुटपिटबाट आमाको मृत्यु

मनहरी, मङ्सिर ५- मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब निरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार सन्तमायालाई कात्तिक २७ … Read more

नेपालका भूकम्पपीडितलाई इयूले २८ करोड ८० लाख सहायता दिने

काठमाडौँ,कात्तिक ३०- युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहयोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ। इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। आवास, शुद्ध पेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको काठमाडौँस्थित युरोपेली सङ्घको … Read more

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

दार्चुला, कात्तिक ३०- नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज (बिहीबार) दिउँसो दुर्घटना भएको हो । जिप दुर्घटनामा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् । ठगुन्नालाई थप उपचारका लागि धनगढी लगिएको हो … Read more

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अछाम, कात्तिक ३०- श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् । उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक … Read more

पाकिस्तानका कप्तान बाबर आजमले दिए राजीनामा

काठमाडौ,कात्तिक २९- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले तीनवटै क्रिकेटको संरचनाको कप्तान पदबाट राजीनामा दिएका छन् । बाबरले बुधबार राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन् । आज, म सबै ढाँचामा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दै छु। यो कठिन निर्णय हो । तर मलाई लाग्छ कि यो निर्णयको लागि सही समय हो । … Read more

यस्तो छ आज तपाईको राशिफल, कात्तिक ३० गते बिहीवार

कात्तिक ३०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक यात्राको योग पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा निराशा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनसक्छ । … Read more

अछाममा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

अछाम, कात्तिक ३०- अछाममा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१–००१ ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि … Read more

धनुषामा रेलले किचेर एक जनाको मृत्यु

जनकपुरधाम,कात्तिक २८- जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्टेसन नजिक रेलले किचिएर अन्दाजी ५० वर्षीय भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत विहारको मधुवनी जिल्लामा पर्ने खेरामाठ निवासी विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको वैदेही स्टेसनदेखि करिब ५ सय मिटर पूर्वमा … Read more

सामाजिक सद्भाव र पारिवारिक एकता बलियो बनाउन टिकटकमाथि प्रतिबन्धः प्रधानमन्त्री

काठमाडौं,कात्तिक २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनुपरेको बताएका छन् । मंगलबार भक्तपुरमा नेपाल संवत् ११४४ र नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा विसंगति, विकृति, अराजकता फैलाउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष … Read more