भरतपुर, प्लस साइज नेपालको आयोजनामा भएको मिस प्लस साइज चितवन २०२४ को ग्रान्ड फिनालि हिजो असार १० गते भरतपुरको सिराईचुली होटलमा सम्पन्न भएको छ।
फिनालिका लागि १० जना प्लस साइज सुन्दरीहरु बीच प्रतिष्पर्धा भएको थियो। प्रश्न उत्तर राउण्डबाट अन्तिम पाँच जना प्रतिस्पर्धीहरु छनोट भएका थिए। अन्तिम ५ का लागि छनोट भएका प्लस साइज सुन्दरीहरुका लागि अन्तिममा एउटा प्रश्न सोधिएको थियो। प्रश्नको जवाफ उनीहरूले ३ मिनेट भित्र लेख्नु पर्ने थियो र ग्रान्ड फिनालीमा उपस्थित सबै सामु सुनाउनु पर्ने थियो, अन्तिम पाँच प्रतिस्पर्धीको जवाफ अनुसा मिस प्लस साइज चितवन २०२४को उपाधि रेविका सुनाराले प्राप्त गरेकी हुन्।
यसैगरी मिस प्लस साइज चितवन २०२४ को सेकेन्ड रनर अप चाँदनी सिंह विश्वकर्मा र फस्ट रनर अप प्रश्नसा अर्याल बन्न सफल भएका छन्। सेकेन्ड रनर अपले रु. १५ हजार , क्राउन , अवार्ड र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। साथै फस्ट रनर अपले रु. २५ हजार, क्राउन, अवार्ड र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् भने टाइटल विजेताले रु. ५० हजार , क्राउन, अवार्ड र गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। यसै गरी फिनालिमा १० ओटा विधाका सब टाइटलहरु समेत प्रदान गरिएको थियो।
ग्रान्ड फिनालीका लागि निर्णायकको भूमिकामा राजनीतिज्ञ खुस्बु ओली, फेसन डिजाइनर ज्वाला राज पोख्रेल, मोडल प्रिया रानी लामा र स्किन केयर एक्सपर्ट सुनिता खत्री रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा बागमती प्रदेश ट्राफिक प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीको उपस्थिति रहेको थियो।
मिस प्लस साइज चितवन २०२४ लाई चितवन स्कूल अफ फेसनले व्यवस्थापन गरेको थियो।