विदेश पठाउने भन्दै १५ करोड ठग्ने गिरोह पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी पठाइदिने बहानामा १५ करोड रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नविन बिक र पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त छन् । उनीहरूले केही वर्षदेखि ३०० भन्दा बढीलाई … Read more

७१ जिल्लामा फैलियो डेंगु

काठमाडौँ । देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको छ । मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको … Read more

निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्

२९ जेठ, चितवन । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् । गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका-४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले निःशुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप … Read more

मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

  मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तातो हावा चल्ने चेतावनीसहितको नक्सा । रातो भागले अत्यधिक गर्मी हुने स्थान जनाउँछ । २९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ । अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना … Read more

चीनमा सार्वजनिक पार्कमा भएको चक्कु आक्रमणमा चार जना अमेरिकी शिक्षक घाइते

चीनको एक सार्वजनिक पार्कमा नचिनेका व्यक्तिले चक्कु प्रहार गर्दा अमेरिकी विश्वविद्यालयका चार जना शिक्षक घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा भएको गम्भीर घटनामा आयोवा कलेजका शिक्षक गम्भीर घाइते भएका हुन् । स्थानीय मन्दिर जाने मानिसहरूको समूहमा पसेर एक व्यक्तिले चक्कु प्रहार गरेका … Read more

गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ नेटाबाट गुल्मीकाे सदरमुकाम तम्घासकाे देउराली आउँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर गए राति दुर्घटना भएको हो । दुर्घटनामा टिपर चालक अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका–८ का २६ वर्षीय रामलाल पुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी … Read more

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

सोलुखुम्बुमा नवजात शिशुको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका- २ की २१ वर्षीया कल्पना विश्वकर्मा रहेकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले गत आइतबार बच्चा जन्माएर घरदेखि अन्दाजी २०० मिटर दक्षिणमा रहेको खोल्सीमा लगि साल नालसहितको फालेकी थिइन् । घटनाबारे जानकारी प्राप्त भएसँगै खटिएको प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो ।

निजी अस्पतालको अटेरी बढ्यो : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विपन्नको अस्पतालमा छुट्याइएको नि:शुल्क १० प्रतिशतको सेवामा मनोमानी भएको बताइएकी छिन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कार्कीले स्वास्थ्य संस्था सञ्चाललसम्बन्धी मापदण्ड नै प्रभावकारी नहुँदा निजी अस्पतालले उल्टै चर्को मूल्य असुलेको बताएकी हुन् । ‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालले अनिवार्य रुपमा विपन्न नागरिकको … Read more

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, जेठ २९ । स्थानीय बजारमा सुनको मूल्य आज तेस्रो दिन पनि स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ पुगेको हो।आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो। त्यसअघि शुक्रबार भने सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको … Read more

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेनेभा जान लागेका हुन्। यही जेठ ३१ गते सम्मेलन उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको … Read more