सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, जेठ २९ । स्थानीय बजारमा सुनको मूल्य आज तेस्रो दिन पनि स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ पुगेको हो।आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो। त्यसअघि शुक्रबार भने सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको … Read more

राष्ट्रपति पौडेल आज जेनेभा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेनेभा जान लागेका हुन्। यही जेठ ३१ गते सम्मेलन उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको … Read more

गर्मी बढेपछि घटे पर्यटक

चितवन – गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो ।होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । ‘काम विशेषले आउने पाहुना मात्र हुनुहुन्छ, घुम्न आउने हुनुहुन्न’, उनले भने । ट्टका अनुसार पछिल्ला दिनमा यहाँ आएका … Read more

बालेनको अर्को समाजवादी कदम– बीमा नगरी मजदुरलाई काममा लगाए कारबाही

काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राख्न रोक लगाएको छ । त्यसैगरी, मजदुरलाई अनिवार्य दुर्घटना बीमा गरेर मात्र काममा लगाउन पनि बालेन नेतृत्वको काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । पूर्वाधार निर्माणका क्रममा सिर्जित वायु प्रदूषणसँगै मजदुर तथा नागरिकको जीवन रक्षालाई ख्याल गर्दै महानगरपालिकाले पूर्वाधार निर्माणसम्बन्धी मापदण्डहरू कडाइका साथ लागू गर्न अग्रसरता देखाएको हो । पूर्वाधार निर्माणसम्बन्धी … Read more

सुनकोशी नदीमा नुहाउने क्रममा डुबेर महिलाको मृत्यु

सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ हैबार कटहरे नजिक सुनकोशी नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।साथीसंगीसँग नुहाउन गएकी वडा नं ६ कै मेवाबोटेकी ३० वर्षीय चन्द्रकला हायूको सुनकोसी नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ नुहाउने क्रममा ढुंगामा चिप्लिएर सुनकोशीमा बेपत्ता भएकी हायूको शव खोजतलास गर्दा नदीको बीच भागमा फेला परेको सिन्धुली प्रहरी प्रमुख एसपी गाोविन्द काफ्लेले … Read more

सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित आठ जना पक्राउ

काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो । सीआईबीले श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो । पक्राउपर्नेमा … Read more

निर्मला सीतारमणले फेरि अर्थ मन्त्रालय पाइन्

एजेन्सी । आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सपथ ग्रहण गरेपछि सोमबार मन्त्रालय बाँडफाँड गरेका छन । मोदी सरकारको तेस्रो कार्यकालमा धेरै मन्त्रीहरूको विभाग दोहोर्याइएको छ।निर्मला सीतारमणले फेरि अर्थ मन्त्रालय पाएकी छिन। अर्थ मन्त्रालयमा निर्मला सीतारमणको कार्यकाल अहिलेसम्म उत्कृष्ट रहेको छ । यसअघि आइतवार निर्मला सीतारमणले क्याबिनेट मन्त्रीको सपथ ग्रहण गरेकी थिइन्,। अहिले उनलाई फेरि अर्थ मन्त्रालयको … Read more

मौसमः पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली,बाँकी भू-भागमा मौसम सफा

काठमाडौं,जेठ २९- देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका … Read more

२०८१ साल जेठ २९ गते मंगलवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । … Read more

श्रमाधान रोजगार मेला : पहिलो दिन दुई हजार दुई सय ५० को आवेदन

कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’मा पहिलो दिन दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको रोजगार मेलामा आइतबार रोजगारीका लागि दुई हजार दुई सय ५० जनाले आवेदन दिएका हुन् । रोजगार … Read more