अर्जुन ट्रफीका लागि बैतडीको टिम घोषणा

धनगढी, माघ १७ गते  क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेबाट आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टिम घोषणा गरिएको छ । बैतडीको दशरथ चन्द एकेडेमीले भुवन कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । सो टोलीमा विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटर समावेश छन् । टिममा विभागीय एपिएफका खेलाडी अमरसिंह … Read more

रसुवामा पर्यटक आवागमनमा कमी, व्यवसाय ठप्प

रसुवा पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार जिल्लाको उच्च भागमा हिउँ परेको तथा प्राकृतिक रूपमा रहेका गहिरा खोँच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमी अस्वाभाविक रूपमा चिसो बढेपछि पर्यटक आउने क्रम कमी भएको … Read more

‘राजनीतिक क्रान्ति पूरा भयो, अब हामी कृषि क्रान्ति गर्न चाहन्छौं’

रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरले पालिकामा सामूहिक च्याउ खेती सुरू गरिएको बताएका छन्। उनले पालिकाको १ र २ नम्बर वडामा ४२० रोपनी जग्गामा सामूहिक च्याउ खेती सुरू गरिएको बताएका हुन्। केही समय पहिले दाङको तुलसीपुरस्थित मेट्रो कलेजका विद्यार्थीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष मगरले च्याउ खेतीमा राज्यको दुई करोड ५० लाख … Read more

सरकार ढल्छ भनेर म्याद तोक्नेहरू छटपटाएका छन् : प्रदीप ज्ञवाली

काठमाडौं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमालेबीच सहकार्य आवश्यक भएको बताएका छन्। बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाई नागरिकमा आशा जगाउन दुई दल मिलेर सरकार बनाएको बताए। कांग्रेस र एमालेबीच सहज अवस्थामा प्रतिस्पर्धा हुने … Read more

विवादले रोकियो नारायणीमा ड्याम लगाउने काम

नवलपुर, माघ १७ गते राजनीतिक विवादका कारण नारायणी नदी किनारमा ड्याम लगाउने काम रोकिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –२ बलघट्टामा नारायणीको कटान रोक्नका लागि ड्याम लगाउन चितवन राष्ट्रिय निकुञ्चले माघ १५ गतेसम्मको समयसीमा दिएको थियो । तर राजनीतिक विवादका कारणले गर्दा भइरहेको काम रोकिएको मध्यविन्दु –२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । गत वर्षको … Read more

यातायात कार्यालयद्वारा छ महिनामा रु २९ करोड एक लाख राजस्व सङ्कलन

बागमती, माघ १७- यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधिमा रु २९ करोड एक लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले रु २९ करोड एक लाख ७५ हजार छ सय ५१ राजस्व … Read more

पोखरा–मुग्लिन आयोजनाः पोखरा–जामुने खण्डमा २८ किमी कालोपत्र

गण्डकी, माघ १७- पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । “तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी वर्षभित्र काम सक्ने … Read more

अमेरिकी सेनाको हेलिकप्टर र यात्रुबाहक विमान आपसमा ठोक्किएर दुर्घटना, कम्तीमा १८ जनाको शव फेला

वासिङ्टन,  माघ  १७ गते अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूले उद्धृत गरी जानकारी गराएका छन् । बम्बार्डियर कम्पनीको सीआरजे ७०० … Read more

ल्होसार पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ,  माघ १७ गते  राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । “सोनामल्होसार … Read more

बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

बाजुरा,माघ १७- जिल्लाको बडीमालिका नगरपालिकाले बुधबारदेखि मालिका नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम सञ्चालन गरेको छ ।तालिम प्रारम्भ गर्दै नगरप्रमुख अमरबहादुर खड्काले विद्यार्थीलाई आत्मनिर्भर बनाउन तालिमको व्यवस्था गरिएको बताउनुभयो । उहाँले रैथाने सीपको सदुपयोग गर्दै पालिकामा बेरोजगार रहेका युवा र विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउने गरी तालिम … Read more