किसानको धान खरिदमा चुनौती

यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा यसवर्ष किसानको धान खरिदमा चुनौती देखिएको छ । सरकारले तोकेको समर्थन मूल्य स्थानीय व्यापारीले किसानलाई दिएको भन्दा बढी भएपछि किसानहरु खाद्य व्यवस्थालाई धान बिक्री गर्न आकर्षित भएका हुन् । तर शाखालाई प्राप्त न्यून कोटाका कारण किसान मारमा पर्ने देखिएको छ । खाद्य कम्पनी लहान शाखाका प्रमुख … Read more

महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताउनुभयो । कोइरालाले भन्नुभयो, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उहाँले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न … Read more

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरू गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म … Read more

चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै,दुवैले गरे २ खेलाडी परिवर्तन

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेका हुन्। अघिल्लो खेलबाट चितवन र जनकपुरले समान दुईरदुई खेलाडी परिवर्तन गरेका छन्। चितवनले अमरसिंह राउटेल र सौगात ढकाललाई प्लेइङ ११ मा ल्याएको छ। दिपक बोहोरा … Read more

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणीः ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाललाई गाली गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि शिक्षामन्त्री महावीर पुनले तिखो टिप्पणी गरेका छन्। मधेश बस्नेतको फेसबुक स्टाटस शेयर गर्दै शिक्षामन्त्री पुनले आफूले राम्रो काम गरेर नेपाललाई स्वर्ग बनाएको जस्तै कुरा गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन्। बस्नेतलाई भाइ सम्बोधन गर्दै टिप्पणी गरेका हुन्। पुनले लेखेका छन्, … Read more

विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ … Read more

सुनचाँदी बजारः सुनको भाउमा केही गिरावट , चाँदीको भाउमा भने वृद्धि

अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु तीन हजार ५४५ निर्धारण भएको छ । … Read more

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ दिइएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन्। मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् । यो खेल बिहान ११ः४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन्। साविक विजेता जनकपुर यो सिजना खाता … Read more

एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएलका खेलहरू लाइभ हेर्न पाइने सुविधा

एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको छ । यो प्याकका साथ ग्राहकहरूले डिशहोम गो एपमार्फत हाल भइरहेका खेलहरूको मजा आफ्नै मोबाइलमा लिन सक्छन् । ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरू सहज रुपमा हेर्न सकुन भन्ने उद्देश्यले एनपीएल प्ले प्याक सञ्चालनमा ल्याइएको एनसेलले … Read more

जेनजी सहिद:नयाँ बानेश्वरमा ढलेको ईश्वतको विदेश जाने र परिवारको समृद्धि खोज्ने सपना

काठमाडौँका स्थायी बासिन्दा २७ वर्षे ईश्वतबहादुर अधिकारी हत्तपत्त राजनीतिक विरोध प्रदर्शनमा जानुहुन्नथ्यो । सानैदेखि अध्ययनमा अब्बल उहाँले जेनजी पुस्ताले उठाएका मुद्दालाई भने नजिकबाट नियालिरहनुभएको थियो । मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, परिवारवाद र मुलुकको बिग्रदो अवस्थाले भने ईश्वतलाई पिरोलिरहेको थियो । आमनेपाली युवा पुस्ता पनि ईश्वत जस्तै मुलुकको अवस्थाबाट चिन्तित थिए । युवाहरुले जेनजी पुस्ताका नामबाट … Read more