सम्झौता कार्यान्वयन नगरेपछि सहकारी पीडित फेरि आन्दोलनमा

सहकारी पीडितहरूले काठमाण्डौसहित विभिन्न शहर तथा जिल्लास्तरमा आन्दोलन शुरु गरेका छन् । बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै उनीहरूले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन् । आज काठमाण्डाै उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन शुरु गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान … Read more

जीबी राईको राहदानी रद्द गर्न मिल्दैन- राहदानी विभाग

सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रद्द नहुने भएको छ । सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय, कास्कीले ३० वैशाखमा राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो … Read more

नेपालमा संघीयता बोझिलो र खतरनाक छ: अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका छन् । शुक्रबारबाट सुरू भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ नेपाल जस्तो जनसंख्या र भूगोल भएको हिसावले समेत सानो मुलुकले तीन तहको राज्य संरचना र … Read more

नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ पुष्टि

नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ केपी पुष्टि भएको छ । गएको दुई महिनायता देशभर कोभिड –१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी ‘वान’ र १७–जनामा केपी ‘टू’ पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यस्तै एक जनामा केपी ‘थ्री’ र एक जनामा केपी ‘फो’ … Read more

यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म ५ जनाको ज्यान गयाे

यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको ज्यान गएको छ । यस्तै तीन जना हराइरहेका छन् । ज्यान गुमाएका र हराएका आठ जनामध्ये तीन जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । आठ जनामध्ये एक जनाको टेन्टमा सुतेकै बेला ज्यान गएको हो भने बाँकी आरोहणका क्रममा … Read more

सिङ्गापुर एअरलाइन्स ‘टर्ब्युलेन्स’ : २० जान यात्रुको मेरुदण्डमा गम्भीर चोट

सिङ्गापुर एअरलाइन्सको उडानमा ‘टर्ब्युलेन्स’ पछिकाे दृश्य । तस्बिर : राेयटर्स सिङ्गापुर एअरलाइन्सको उडानमा ‘टर्ब्युलेन्स’ अर्थात् हावामा अचानक हुने हलचलका कारण २० जना यात्रुको मेरुदण्डमा गम्भीर चोट लागेको पाइएको छ । थाइल्यान्डको बैंककमा रहेको समितिभेज श्रीनकरिन अस्पतालका प्रमुख अदिनुन कित्तिरतानापाइबूलले अहिले ती २० जना यात्रुको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको बताउनुभएको बीबीसीले जनाएको छ … Read more

नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपर प्रशिक्षकमा तिमिल्सिना नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज घिमिरेलाई राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । यस्तै एन्फाले राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा मनिष तिमिल्सिनालाई नियुक्त गरेको छ । नियुक्त भएका दुवै जनाले आजै सम्झौता पत्र बुझेका छन् । यसअघि नेपाली टोलीको सहायक … Read more

‘आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु’- सङ्घीय सरकारप्रति मेयर शाहको असन्तुष्टि

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । अघिल्लो वर्षको बजेट वक्तव्यमा नीतिगत एवम् कानुनी सुधार कार्यक्रममा २०८१ वैशाख १ गतेदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने भन्ने उल्लेख रहेकोमा अझै नभएको भन्दै मेयर शाहले … Read more

धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थलमा उडान/अवतरण १ घण्टा अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि एक घण्टा उडान तथा अवतरण रोकिएको छ । बिहान पौने १२ बजेदेखि दिउँसो पौने १ बजेसम्म उडान तथा अवतरण अवरुद्ध भएको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । धावनमार्गमा खाल्डो देखिएपछि केही विमानलाई आकाशमै ‘होल्ड’ मा राख्नुपरेको थियो । मर्मतपछि सुक्न समय लागेकाले एक घण्टा विमानस्थल बन्द गर्नुपरेको … Read more

प्रतिनिधि सभाको आजको बैठक पनि सहकारी ठगी प्रकरणले अवरुद्ध

सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेसलगायत विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ । आजको बैठक शुरु हुनेबित्तिकै कांग्रेसलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले सांसदहरूलाई आ–आफ्नो स्थानमा बसेर सहयोग गर्न पटक–पटक आग्रह गरे पनि विपक्षी सांसदहरूले भने आफ्नो माग सुनुवाइ नहुँदासम्म विरोध यथावत् रहने … Read more