आदर्श गृहले गर्यो अस्मिताको कन्यादान

चितवन, २२ माघ । विगत आठ वर्षदेखि भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामसँग विवाह भयो । विसं २०७२ मा बाँकेको कोहलपुरबाट ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई आइतबार बेहुली बनाएर पठाएको हो । स्याङ्जाको वालिङ घर भई हाल भरतपुर–७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका मणि सुवेदीसँग २३ वर्षिया अस्मिताको … Read more

२०८० साल माघ २१ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । धर्म, कर्म … Read more

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : महामन्त्री थापा

पर्सा । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताएका छन् । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको आज आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखे । उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए । “राजनीतिक दलका उच्च … Read more

प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उनले आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने … Read more

अरुण चौधरीसँग थालियो बयान, भने- नियमविपरीत भए जग्गा फिर्ता गर्छु

काठमाडाैं। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ। जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत नै बयान लिन थालिएको जानकारी दिए। उनले चार दिन म्याद थप भएकाले … Read more

पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले जीत हासिल गरेको छ। आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो। कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेट प्रधानमन्त्री कप क्रिकेटको उपाधि हात पार्दै विजयी बनेको हो। आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस … Read more

शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन: प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका विद्यालयहरुको शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभएको छ । शनिबार सहिद स्मृति माध्यमिक विद्यालय भरतपुर ६ को ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले कार्यक्रममा जनप्रतिनिधिसँग विद्यार्थीले विना कुनै मध्यम आफ्नो समस्या राख्ने पाउने व्यवस्था मिलाएको बताउनुभयो। ‘महानगरपालिकाले … Read more

संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि

काठमाडौं। संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन्। यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी … Read more

बागमती बन्यो मैयाँँदेवी स्मृति यू १९ महिला क्रिकेट च्याम्पियन

चितवन  । मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ । आज (शुक्रबार) सम्पन्न उपाधि भिडन्तमा गण्डकी प्रदेशलाई हराउँदै बागमती च्याम्पियन बनको हो । फाइनलमा बागमतीले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।भरतपुरको रामपुरस्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा गण्डकीले दिएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ … Read more

शनिबारको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम सफा रहेको छ। तराई-मधेश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश … Read more