शहीद दिवसको प्रेरणालाई नभुलौंः अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्। शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गर्नुभएका चार शहीद प्रति नमन व्यक्त गरेका छन्।। प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते … Read more

चितवनमा प्रतिबन्धित लागुऔषध सहित १ महिला पक्राउ

चितवन । चितवनमा लुकाई छुपाई राखेको प्रतिबन्धित लागुऔषध सहित एक जना महिला प्रकाउ परेकी छिन् । पक्राउ पर्नेमा दाङ लमही नगरपालिका वडा नं ३ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा न ३ स्थित डेरामा बस्ने ३२ वर्षीय आश्रीता चौधरी रहेकी छिन् । उनको साथबाट Buprenorphine Injection IP २४४ एम्पुल, Promethrazine Hydrochloride Injection IP २५१ … Read more

सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने

काठमाडौं। देशभरका सम्पूर्ण सरकारी कार्यालय आजदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो। सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। जाडो … Read more

संविधानले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान होः राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन्। शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न सबैले आ-आफ्नातर्फबाट इमान्दारीका … Read more

आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं। देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न … Read more

२०८० साल माघ १६ गते मंगलबार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । बजारको यात्रा पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम … Read more

गंगालाल हृदय केन्द्रलाई छिट्टै प्रतिष्ठान बनाउँछौ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन्। केन्द्रको २८औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले केन्द्रलाई प्रतिष्ठान बनाउने प्रकृया अगाडि बढिसकेको जानकारी गराउँदै मुटु रोगको उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको बताएका हुन्। मन्त्री बस्नेतले भने, ‘गंगालाल हृदय केन्द्रलाई … Read more

‘यूनिभर्सिटी अफ गुन्डाज्’बाट कमब्याक गर्दै सलिन

अभिनेता सलिनमान बनियाँले ५ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । २०७५ सालमा प्रदर्शन भएको फिल्म ‘यात्रा’पछि अभिनयमा निस्क्रिय देखिएका उनले फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’बाट कमब्याक गर्न लागेका हुन् । मंगलबार एक पोस्टरमार्फत् फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिँदैछ । फिल्मलाई अभिनेता सलोन बस्नेतले निर्माण गर्नेछन् भने उनी स्वयंको पनि मुख्य भूमिका रहनेछ । निर्देशकको … Read more

‘पिताम्बर’मा भित्रिए सौगातदेखि अनुपसम्म

‘ऐंचो पैंचो’ निर्देशक तथा निर्मात्री कृषा चौलागाईंको आगामी फिल्म ‘पिताम्बर’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । यही माघ अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त, प्रमोद अग्रहरी र कामेश्वर चौरासियापछि सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाह र दिव्यदेव अनुबन्ध भएका छन् । कलाकारको यो ‘लाइनअप’ले फिल्म रोचक बन्ने देखिन्छ । कृषा स्वयंको … Read more

कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल … Read more