देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह

काठमाडौँ । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद्मा सत्तापक्ष र प्रतिपक्ष घोचपेच गर्न नहुने भन्दै जनता र लोकतन्त्र समाप्त भए कोही नरहने बताए । ‘आज देशमा निराशा छ, देश सङ्कटमा छ । बरु राष्ट्रिय मुद्दा तयार गरौँ र … Read more

गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले राज्यले संरक्षण गरेका व्यक्तिहरूले नै मिडिया र राजनीतिक नेतृत्वको घरमा त्रसित बनाउने गतिविधि गरिरहेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्नका लागि सरकार संरक्षितहरूले सडक जाम गराउने तथा मिडिया र राजनीतिक नेतृत्वमाथि … Read more

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । सोमबार बिहान ८ः४५ बजेदेखि आज बिहान ८ः४५ बजेसम्म ३३५ वटा वर्षा मापन केन्द्रहरु (मानव सञ्चालितः ४५ र स्वचालितः २९०) मा वर्षा मापन गरिएको छ । जसअनुसार गत २४ घण्टामा २४३ वटा … Read more

योजना आयोगलाई सांसदको प्रश्न : गौरवका आयोजनाको कमजोर प्रगतिको जिम्मा आयोगले लिन्छ ?

काठमाडौँ । अर्थ समितिका सदस्यहरूले राष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको प्रगतिमा जिम्मेवार बन्नुपर्ने बताएका छन् । अर्थ समितिको बैठकमा उनीहरूले आयोगले अनुगमन गर्ने मात्रै नभई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । सांसद सागर भुसालले राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगतिको जिम्मा आयोगले लिन्छ कि लिँदैन भन्ने प्रश्न गरे । उनले आयोगले अनुगमन मात्रै गर्ने तर अवस्था … Read more

सांसद अधिकारीको प्रश्न– ‘गौरवका आयोजनाको लागत अर्बौँ बढ्दा आयोग र सरकार किन मौन ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले राष्ट्रिय गौरवका आयोजनाको लागतमा भएको अस्वाभाविक वृद्धि, आयोजना सम्पन्नमा भइरहेको ढिलाइ तथा नेपाल कम विकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति भएपछि देखिन सक्ने चुनौतीबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै अधिकारीले रणनीतिक महत्वका आयोजनालाई राजनीतिक स्वार्थका आधारमा राष्ट्रिय गौरवका आयोजनाको सूचीमा थप्ने तर समयमै … Read more

लेदोसहितको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन ठप्प, सुरुङको गेट बन्द

रसुवा । रसुवाको ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ। रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत् उत्पादन सुरु गरिने उनले जानकारी … Read more

आत्मदाहका घटनामा गहिरो अध्ययन गर्न आवश्यक छ : जेनजी अभियान्ता ढुङ्गाना

जेनजी अभियन्ता मिराज ढुङ्गानाले राजधानीमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा आत्मदाहका घटनाहरू बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। उनले यस्ता घटनालाई केवल व्यक्तिगत मानसिक अवस्थासँग मात्र जोडेर हेर्न नहुने भन्दै यसको राजनीतिक, आर्थिक, सामाजिक र मनोवैज्ञानिक पाटोको गहिरो अध्ययन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले मुगुका युवा गणेश नेपालीले राजधानीमा दिनदहाडै … Read more

स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार

तेहरान । स्ट्रेट अफ होर्मुज नजिक क्षतिग्रस्त भई आगलागी भएको कन्टेनर जहाजका चालकदलका सबै सदस्यको सकुशल उद्धार गरिएको बेलायतको यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले जनाएको छ । यूकेएमटीओका अनुसार जहाजमा क्षति पुगेपछि चालकदलले लाइफबोटमार्फत जहाज छाडेका थिए । त्यसपछि स्थानीय अधिकारीहरूले उनीहरूको सुरक्षित उद्धार गरेका हुन् । जहाजका कम्पनी सेक्युरिटी अफिसर (सीएसओ)ले आइतबार बिहान … Read more

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाद्वारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सुकुमबासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो । शनिवार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि र साँझ जेन्जी अभियन्तालाई गिरफ्तार गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।   उनीहरूले जेन्जी अभियन्ताको पक्राउ गैर न्यायिक भएको भन्दै नारा … Read more

बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, ६ बुँदे माग सम्बोधन गर्न सरकारलाई दबाब

काठमाडौँ । निजी शैक्षिक संस्थाहरूले तीन प्रतिशत समता शिक्षा सेवा शुल्क कर खारेज गर्न माग गरेका छन् । आज आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विद्यार्थीबाट असुल गरिने सम्पूर्ण शैक्षिक शुल्कमा तीन प्रतिशत समता शिक्षा सेवा शुल्क लगाउने व्यवस्था व्यवहारिक न्यायोचित तथा दीर्घकालीन रूपमा उपयुक्त नभएको भन्दै समता शिक्षा सेवा शुल्क कर खारेज गर्न माग गरेका … Read more