बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरणमकवानपुर ।

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् । यही असार २० गतेको … Read more

रौतहटका उखु किसान आन्दोलनमा

रौतहट । प्रशासनिक ढिलासुस्तीका कारण सरकारले उपलब्ध गराउने उखु अनुदान जोखिममा परेको भन्दै रौतहटका उखु किसान आन्दोलनमा उत्रिएका छन्। करिब ७ करोड रुपैयाँ बराबरको अनुदान रकम गुम्ने अवस्था सिर्जना भएको भन्दै किसानहरूले बुधबार साँझ गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गरुडा नगरपालिका–स्थित झाँझ पुलमा करिब चार घण्टा चक्काजाम गरे । उखु उत्पादक किसान संघ रौतहटको नेतृत्वमा भएको आन्दोलनका क्रममा … Read more

चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकाल चार वर्ष पुग्न लागेको छ। २०७९ पुस १५ गते पहिलो अधिवेशनबाट सुरु भएको प्रदेश सभाको कार्यकाल २०८३ असार मसान्तसम्म आइपुग्दा कानुन निर्माणको गति अपेक्षाअनुसार अघि बढ्न सकेको देखिँदैन। प्रदेश सभा सचिवालयको तथ्यांकअनुसार हालसम्म २३ वटा विधेयक दर्ता भएका छन्। तीमध्ये १५ वटा प्रमाणीकरण भएर ऐन बनेका छन् भने … Read more

रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार

काठमाडौँ । रौतहटमा आत्मदाहको प्रयास गरेका गौतमकुमार सहनीको वीर अस्पतालमा उपचार जारी छ । सहनीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनको जलन विशेषज्ञ डा.अपार लामिछानेको नेतृत्वमा आईसीयूमा उपचार भइरहेको वीर अस्पतालका प्रवक्ता डा‍.प्रकाश बुढाथोकीले रातोपाटीलाई जानकारी दिए । मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा … Read more

ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चर्किरहेका बेला सम्भावित ग्राउन्ड अभियान अर्थात् स्थलमार्गबाट हुने सैन्य कारबाहीको संकेत दिएका छन् । यद्यपि उनले यसबारे कुनै स्पष्ट योजना वा कसले यस्तो अभियान सञ्चालन गर्ने भन्ने खुलाएका छैनन् । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले आफू स्थलयुद्ध चाहँदैनन् भन्दै कहिलेकाहीँ ग्राउन्ड अभियान आवश्यक पर्न सक्ने बताए । अमेरिकाका … Read more

एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

सिड्नी । अष्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् । सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धि भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताए । … Read more

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहीबारदेखि भने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको बताए । विभागका अनुसार हाल देशभर मनसुनी … Read more

बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

काठमाडौँ । बागमती प्रदेश सरकारले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रमा ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गरेका हुन्। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी … Read more

समस्याग्रस्त सहकारीविरुद्ध साउन १ गतेदेखि अनलाइनबाटै उजुरी दिन सकिने : मन्त्री रायमाझी

काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। मंगलबार बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले यस्तो जानकारी गराएकी हुन्। आगामी साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने … Read more

ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोका छोरालाई ९० दिन बुवासँग भेट्न रोक लगायो

रियो दि जेनेरियो । ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति पदका उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पूर्वराष्ट्रपति जाइर बोल्सोनारोसँग ९० दिनसम्म भेट्न प्रतिबन्ध लगाएको छ। अदालतले पूर्वराष्ट्रपतिमाथि लगाइएको घरमै नजरबन्दको सर्त दुवैले उल्लंघन गरेको ठहर गर्दै उक्त आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे डे मोराइसले फ्लाभियोले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणमा आफ्ना बुवाले हस्तलिखित रूपमा लेखेको पत्र पढेर सुनाएपछि … Read more