चितवन: भरतपुर महानगरपालिका–१० जेष्ठ नागरीकचोक नजिकै कार र स्कुटर एकआपसमा ठोक्किदा दुई महिला घाइते भएका छन् । चौबिसकोठिबाट मालपोतचोक तर्फ जादै गरेको बा १६ च ७०६८ नं.को कार र ना ४१ प ६५९२ नं.को स्कुटर बिहिबार राती अन्दाजी पौने १० बजे एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
घाइते मध्येकी स्कुटर चालक भरतपुर–१० बस्ने २२ वर्षीय पस्बिना तामाङको टाउकोमा भित्री चोट लागेकोले अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्यस्तै अर्की घाइते सोही ठाउँकी २१ वर्षीय तिर्सना ढुङ्गानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको उपचार भने भरतपुर सामुदायिक अस्पतालमा भइरहेको छ ।
दुवै सवारी साधन र कार चालक राप्ती नगरपालिका–५ बस्ने २५ वर्षीय गोकर्ण अर्याल प्रहरी नियन्त्रणमा रहेका छन् ।