देवघाट-हलेसी सगरमाथा मोटर र्यालीको तयारी पूरा, भोलिदेखि सुरु हुने

चितवन: भरतपुर भम्रण वर्ष २०२४ को प्रर्वद्धनका लागि भोलिबाट सुरु हुने देवघाट–हलेसी सगरमाथा मोटर र्यालीको तयारी पूरा भएको छ । आज साँझ सहभागीलाई पूर्व प्रशिक्षण दिने क्रममा आयोजकले सो कुरा जानकारी गराएको हो ।

मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्दश्यले नेपाल अटोमोवाइल एसोसिएसन (नासा) वाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोशियशन काडाद्वारा संयुक्त रुपमा मोटर र्याली भोलिबाट हुने भएको हो । दुई रात तीन दिनको कार्यक्रम हुन लागेको हो ।

भरतपुर देवघाटदेखि सुरु गरेर हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको करिब ३ सय २७ किमि ट्रयाकमा सेल्फी टिडिएस र्याली प्रतियोगिता हुने नासा नेपाल बाग्मती प्रदेश सघं तथा चितवन अटोमोवाइल्स डिलर्स एसोशियशन (काडा चितवन) का अध्यक्ष राजन पियाले जानकारी दिए ।

प्रतियोगितामा २५ देखि ३० जना ड्राइभर सहभागी हुँदैछन् । यस्तै खोटाङ्गको हर्कपुर, सुनकोसीको किनारमा अटो जिमखाना प्रतियोगिता संचालन गर्ने तयारी समेत गरिएको उनले जानकारी दिए ।

‘मोटर लिको रेसिंगको विधा अन्र्तगत टिडिएस र्याली अन्तर्गत गन्तव्यसम्म पुग्नको लागि विभिन्न चेक प्वान्इटहरु निर्धारण गरी बाटोको प्रकृति अनुसार अधिकतम गति दिएको हुन्छ’ अध्यक्ष पियाले भने । सहभागिहरु मध्ये जो गन्तव्यमा आयोजकले दिएको अधिकतम गति समयमा पुग्छ खेल उसैले जित्छ ।

सो कार्यक्रमका विजेताले शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा ड्राइभर्स, मार्शल र अन्य प्राविधिकहरुको सहभागिता रहने छ ।

भरतपुर महानगरपालिकाका मेयरद्वारा शुभारम्भ गरिने सो प्रतियोगिताको समापन भने ओखलढुङ्गाको ढापमा हुनेछ ।
|
एक दशकदेखि नेपालमा र चितवनमा समेत सुरुवात भएको मोटर स्पोट्र्सको दर्जनौ इभेन्टहरु हाल नेपाालमा भइरहेका छन् भने चितवनबाट यस प्रकारको कार्यक्रम पहिला पनि चितवन मुक्तीनाथ मोटर र्याली नेपाल अटो जिमखाना प्रतियोगीता सफलतासाथ सम्पन्न भएको थियो ।
त्यस्तै मोटर रेसिंङ्गको सर्ट सर्किट विधा अटो जिम खाना छोटो र सांगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् ।

सेयर गर्नुहोस्