निर्मला सीतारमणले फेरि अर्थ मन्त्रालय पाइन्

एजेन्सी । आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सपथ ग्रहण गरेपछि सोमबार मन्त्रालय बाँडफाँड गरेका छन । मोदी सरकारको तेस्रो कार्यकालमा धेरै मन्त्रीहरूको विभाग दोहोर्याइएको छ।निर्मला सीतारमणले फेरि अर्थ मन्त्रालय पाएकी छिन।

अर्थ मन्त्रालयमा निर्मला सीतारमणको कार्यकाल अहिलेसम्म उत्कृष्ट रहेको छ । यसअघि आइतवार निर्मला सीतारमणले क्याबिनेट मन्त्रीको सपथ ग्रहण गरेकी थिइन्,। अहिले उनलाई फेरि अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । निर्मला सीतारमणले अब पूरक बजेटको तयारी थाल्ने छिन्

निर्मला सीतारमण ३१ मे २०१९ मा  मन्त्री र भारतको २९औं वित्तमन्त्रीको रूपमा शपथ लिएकी थिइन्। उनले भारतको दोस्रो महिला रक्षामन्त्रीको रुपमा पनि काम गरिसकेकी छिन् ।
सीतारामन सन् २००६ मा भारतीय जनता पार्टीमा सामेल भइन् र २०१० मा पार्टीको राष्ट्रिय प्रवक्ताको रूपमा नियुक्त भएकी थिइन्। २०२४ मा, सीतारमणलाई नरेन्द्र मोदीको मन्त्रिपरिषद्मा आन्ध्र प्रदेशबाट कनिष्ठ मन्त्रीको रूपमा सम्मिलित गरियो र आन्ध्र प्रदेशबाट राज्यसभा सदस्यको रूपमा चुनिनन।

 

 

 

सेयर गर्नुहोस्