बंगलादेशलाई नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै

काठमाडौं । बंगलादेशलाई नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हुसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

बैठकपछि मन्त्रिपरिषद् विभाग (समन्वय र सुधार)का सचिव मोहम्मद हुसेन खानले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसहित १५ वटा प्रस्ताव स्वीकृत गरेको बताए । भारतीय ग्रिड प्रयोग गरी नेपालबाट बिजुली आयात गर्नु पर्ने भएकाले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ व्यापारिक मार्जिन तिर्नुपर्ने खानको भनाई छ ।

यद्यपि, विद्युत् आयातका लागि नेपाल र बंगलादेशबीच हुने सम्झौताको मिती तय भइसकेको छैन ।

सेयर गर्नुहोस्