इलामको इलाम नगरपालिका- ११ निन्दाकुमा रुखको हाँगाले लागेर १ जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ साढे ६ बजे निजी वनमा रुख काट्दै गर्दा अचानक हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका थिए ।इलामको इलानगरपालिका- ११ निन्दाकुमा रुखको हाँगाले लागेर १ जनाको मृत्यु भएको छ ।
घटनाबारे जानकारी पाउनसाथ प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्याएको थियो ।
तर डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।