सुन तोलामा ६ सय बढ्यो

बिहीबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ मूल्य तोकेको छ ।

विगत तीन दिनसम्म सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि सुन जेठ २५ गते तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८०५ रुपैयाँ रहेको चाँदी आज १८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्