काठमाडौँ – गैरकानुनी रुपमा स्वर्ण लक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम लगेको भन्दै छानबिनको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ।गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई र तत्कालीन प्रबन्ध निर्देशक एवं हालका गृहमन्त्री रवि लामिछानेविरुद्ध हुलाकमार्फत युवराज पौडेलले जोहरी दर्ता गएका हुन्।
लाकमार्फत पठाएको जोहरी बुधबार दर्ता भएको निस्सा आफूले पाएको पौडेलले जानकारी दिए। जाहेरीमा सहकारी ऐन २०७४ विपरीत राई र लामिछानेलाई सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६४ करोड रुपैयाँ अवैध रुपमा लगेको उल्लेख गरिएको छ।
उनीहरुमाथि तत्काल छानबिन अघि बढाउुपर्ने माग जाहेरीमा गरिएको छ। जाहेरीमा लेखिएको छ, ‘काठमाडौं स्थित स्वर्ण लक्ष्मी सहकारीबाट आफू गोर्खा मिडिया नेटवर्कको अध्यक्ष, संचालक तथा प्रबन्ध निर्देशक भएको बेला गितेन्द्र बाबु राई र र्गव लामिछानेले अवैधानिक रुपमा रु ६४ करोड गैर कानूनी रुपमा गांखां मिडिया नेटवर्कको नाममा गएको देखिन्छ । महकारी ऐन २०७४ को परिच्छेद ७ मा बचत तथा ऋण परिचालन खण्डको दफा ५० ले सदस्य केन्द्रीत भई बचत तथा ऋणको कारोबार गरेका छन्…।