चितवन, सिमलताल घटनाको थप दुई शवको सनाखत भएको छ । चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वस्थित गैँडाकोटमा भेटिएको शवको सनाखत भएको हो ।
गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका ३७ वर्षीय जयप्रकाश ठाकुरको पुष्टि भएको छ ।
जय प्रकाशका दाजु ओमप्रकाशले उनको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनकाले जानकारी दियो । ठाकुर बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार थिए ।
यसैगरी बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा सवार भारत बेतियास्थित मझेलिया थान घर भएका ३० वर्षीय सजाद अन्सारीको शव गैँडाकोट नगरपालिका–७ मा भेटिएको हो । उनका दाजु मेराज हुसेनले सनाखत गरेका हुन् ।