काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ११ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपिायँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।