भरतपुरमा मोटरसाइकल र कार ठोक्किँदा घाइते भएका सैनिक जवानको मृत्यु

चितवन । चितवनमा कार र मोटरसाइकल ठोक्किँदा गम्भिर घाइते भएका अर्का सैनिकको पनि मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिक कार र मोटरसाइकल ठोक्किँदा गम्भिर घाइते भएका बन्दिपुर गाउँपालिका–३ बस्ने २६ वर्षीया दिनेश थापाको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलवार साँझ ७ः२५ बजेको समयमा पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश०१–०२८ च ३२८९ नम्बरको कारमा बिपरित दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकलको लेगाडले लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किएको थियो ।

मोटरसाइकल पर्खालमा ठोक्किदा नम्बर २ विपद् ब्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत तनहुं भानु नगरपालिका–१२ बस्ने अन्दाजी २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको हिजो राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

सेयर गर्नुहोस्