नवलपरासीका कारागार प्रशासक कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमारदत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

१ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका कर्णविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार ​चोरी मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्तिलाई माफी मिनाहाका लागि सहजीकरण गरिदिने भन्दै कर्णले सेवाग्राहीसँग घुस मागेका थिए ।उक्त सूचनाका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।आयोगले उनीविरुद्ध १ लाख ३१ हजार ४ सय रुपैयाँ बिगो कायम गरेको छ । साथै कैद र बिगो जफतको मागदाबी पनि आयोगले गरेको छ ।

सेयर गर्नुहोस्