काठमाडौं । धनुषाको जनकपुर विमानस्थलबाट काठमाडौं आउन लागेको यती एयरलाइन्सको विमानमा समस्या देखिएपछि उडान स्थगित भएको छ ।
आज दिउँसो काठमाडौं आउन लागेको जहाजमा प्राविधिक समस्या देखिएको एयरलाइन्सका कर्मचारीले जनाएको छ । जहाज मर्मतका लागि काठमाडौंबाट इञ्जिनियर जाने भएका छन् ।
उडान भर्ने क्रममा जहाज बिग्रेपछि यात्रुलाई सकुशल सुरक्षित स्थानमा लगिएको थियो ।