शरीर र टाउकाे छुट्याएकाे अवस्थामा शव फेला

ईटहरी भदौ ४।

सुनसरीकाे गढी गाउँपालिकामा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका-६ घर भएका ४६ बर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका-२ स्थित थाहाटोलमा सिमेन्ट, बालुवाको काम गर्ने उनको आज बिहान शरीर छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीले उनीसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

‘हामीले बिहान ६ बजे टाउको र शरीर छुट्टाछुट्टै बालुवामा फेला पायौँ’, डिएसपी नविन भण्डारीले भने, ‘उनीसँगै बस्ने तीन जनालाई नियन्त्रणमा लिएका छौ ।’ प्रहरीले लिएकाे प्रारम्भिक बयानमा पक्राउ परेका तीनैजनाले घटनाबारे केही थाहा नभएको बताएका छन् ।

सेयर गर्नुहोस्