‘गुमनाम सुपरस्टार’ विष्णु माझीको गीतले बनायो रेकर्ड, एक दिनमै हेरियो २० लाख पटक

काठमाडौं । तीज नजिकिएसँगै सामाजिक सञ्जालमा एउटा भनाइ चर्चामा हुन्छ– ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।’त्यो क्रेज अझैसम्म रहेको देखिन्छ । जब शनिबार युट्युबमार्फत रिलिज उनले गीत रिलिज गरिन् । गीत एक दिनमै झन्डै २० लाखभन्दा बढीले हेरिसकेका छन् । उनै चर्चित गायिका विष्णु माझीको बहुप्रतिक्षीत तीज गीत ‘आइन आमा यो तीजमा’ले एक दिनमै रेकर्ड बनाएको हो ।

आइतवार अपराह्नसम्म माझीको गीत झन्डै १९ लाख बढीले हेरेका छन् । ‘पुतलीको भट्टी’ श्रृङ्खलाको २० औँ भागको रूपमा आएको गीतमा एक दिनमै झन्डै १६ हजारले कमेन्ट गरेका छन् ।लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका माझीको गीत सुन्न प्रशंसक तीजमा अधैर्य हुन्छन् । आफ्ना गीतमा महिलाको वेदना र पीडा दर्शाउने उनका गीत धेरै जना माझ चर्चित पनि छन् ।

यो तीजमा पनि माझीले नयाँ गीत ल्याएकी हुन् । ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युबमा सार्वजनिक भएको छ । यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ ।माझीकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा सङ्गीत छ । ठीक ११ महिनापछि माझीले यो नयाँ गीत ल्याएकी हुन् । गीतको भिडियोमा पनि माझीलाई फिचर्ड गरिएको छैन, उनको पार्श्वगायन मात्र छ ।यो गीतलाई आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो । पछिल्लो समयका तीज गीतमा विकृति मिसिएको चर्चाबीच माझीले महिला र परिवारको वेदनामाथि आधारित रहेर गीत ल्याएकी हुन् ।

नेपाली संगीतको कुनै गीत छोटो समयमै यति धेरैले हेरेको पहिलो भएको कलाकारहरू बताउँछन् ।सार्वजनिक जीवनमा नदेखिएकी माझीले विगतमा गाएका गीतले पनि रेकर्ड बनाएका थिए । २०७८ सालमा आएको ‘चरी जेलै’मा भन्ने गीत ‘५३ मिलियन’ अर्थात् ५ करोड ३० लाख पटक हेरिएको छ ।

सेयर गर्नुहोस्