चितवन , चितवन कालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० पाईमराङका ५० बर्षिय दिल बहादुर प्रजाको आज दिउँसो ३ बजे चट्याङले लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । आफ्नो घर भन्दा एक किलोमिटर पर सम्धिनीको घरमा बसीरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो
उहाँका अनुसार चट्याङमा परि २४ बर्षिय सरिता चेपाङ घाइते भएकी छन् । उनको अवस्था मध्याम रहेको छ । दाहिने हात र दाहिने खुट्टामा चोट लागि मध्यम घाईते भएको र उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाएको प्रमुख जिल्ला अधिकारी यादवको भनाई छ ।