दमौली (तनहुँ) — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढु्गा हटाइएपछि विमलनगर–आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुंगा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो । ढुंगा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए ।