राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ

निर्वाचन आयोगले आर्थिक वर्ष २०८०\०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस  गरेको छ ।मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार भएको छ ।

सेयर गर्नुहोस्