सुनको मूल्य एकै दिन एक हजार घट्यो

काठमाडौं

नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि ४० रुपैयाँ घटेर एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्