कांग्रेस महामन्त्री थापा र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं-

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।नयाँ दिल्लीमा आयोजित एशिया जलवायु सम्मेलनमा सहभागी हुन गएका थापा र चौथाइवालेबीच बिहीबार भेट भएको हो ।

दुई जनाको तस्बिर सोसल मिडिया प्लेटफर्म एक्समा सार्वजनिक गर्दै चौथाइवालेले भेटका क्रममा शिष्टाचार भेट र आपसी हितका विषयमा छलफल भएको उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसका महामन्त्री गगन थापासँगको शिष्टाचार भेट र आपसी हितका विविध विषयमा छलफल भयो,’ उनले लेखेका छन् ।

सेयर गर्नुहोस्