आज नेपालको सबैभन्दा प्रदूषित सहर बन्यो चितवनको भरतपुर

काठमाडौं, मंसिर १३-

आज (बिहीबार) चितवनको भरतपुर नेपालको सबैभन्दा ‘प्रदूषित’ सहर बनेको छ । पछिल्लो २४ घण्टाको वायुको गुणस्तरको आधारमा भरतपुर नेपालको सबैभन्दा ‘प्रदूषित’ सहर बनेको हो ।

आज भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले जनाएको छ । सोही अवधिमा काठमाडौं उपत्यकाका रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ । यी तीनै सहर ‘अस्वस्थकर’को वर्गमा परेका छन् ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ ।

सेयर गर्नुहोस्