महिला हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन्।

बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिवद्ध रहेको बताएका हुन्।

वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको बताउँदै उनले आप्रवासी महिला कामदारलाई शोषण र दुव्र्यवहारबाट जोगाउन सरकारका संयन्त्र क्रियाशिल रहेको जानकारी दिए।‘पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियाले महिला पनि प्रताडित छन्,’ गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढंगबाट गर्नुपर्छ।’

उनले डिभिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुर्व्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताए।त्यसैगरी संविधानको भावना अनरुप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकिकृत निर्वाचन विधयेक आगामी संघीय संसदमा पेश हुने गरी गृहमन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाई थियो।

जातीय आधारमा हुने विभेद, अपमान र सबैखाले हिंसा अन्त्य लगायतका १६ बु्ँदे ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृती महिला महासंघ लगायतका २६ वटा संस्थाका प्रतिनिधी आएका थिए।

सेयर गर्नुहोस्