कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई पुनः मानव तस्करी मुद्दामा पक्राउ गर्न माग

कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता गरिएको छ।

यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरिएको रिट इजलासको आदेशमा दर्ता गरिएको निवेक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले जानकारी दिए। उनका अनुसार उक्त रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ।

पूर्वमन्त्री अधिकारीलाई सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेपछि उनी रिहा भइसकेका छन्। सोही प्रकरणमा पक्राउ परेका ११ जनाविरूद्ध भने काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ।

सेयर गर्नुहोस्