नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, उद्योगमन्त्रीले गरे उद्घाटन

काठमाडौं– नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रूपमा सुरु प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।

फर्निचर, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू सम्बन्धी प्रदर्शनीको शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए ।

सो क्रममा मन्त्री भण्डारीले नेपालको काठ उद्योगलाई प्रोत्साहित गर्दै स्वदेशी उत्पादनमा प्रदर्शनीले मद्दत पुग्ने बताए । उनले नयाँ प्रविधिका लागि दक्ष कामदार उत्पादन गर्न आवश्यक तालिमको व्यवस्थाका साथै उपयोगितामासमेत मन्त्रालयले जोड दिएको धारणा राखे ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहेका छन् ।

सेयर गर्नुहोस्