कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

काठमाडौं

कुमारी बैंक लिमिटेड र नक्सालस्थित वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकलाई वात्सल्य आईभीएफ प्याकेजमा १० रुपैयाँको छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १०प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

वात्सल्य नेचुरलले बाँझोपन परीक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षणलगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्