काठमाडौँ ।
संसद्को सार्वजनिक लेखा समितिमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच समितिको सभापति पदलाई लिएर सवालजवाफ भएको छ । मंगलबार बसेको समिति बैठकमा सत्तापक्ष नेकपा एमालेका सांसद योगेश भट्टराई र प्रमुख प्रतिपक्ष दलका सांसद जनार्दन शर्माबिच सवाल जवाफ भएको हो ।
बैठकमा सांसद शर्माले लेखा समितिको सभापति सत्तापक्षको हुँदा समितिको प्रभावकारितामाथि प्रश्न उठेको भन्दै सभापति प्रतिपक्षलाई दिनुपर्ने धारणा राखेका थिए । शर्मालाई जवाफ दिँदै एमाले सांसद भट्टराईले यसअघि पनि समिति सभापति मन्त्री भएपछि मात्र छाडेकोबारे स्मरण गराएका थिए ।
‘एउटा क्लज राखौँ । हिजो आफै तोड्ने अनि आज नैतिक बलको कुरा गर्ने ? हिजो तपाईँहरूले तोडेको हो’, उनले भने, ‘सभापति ऋषिकेश पोखरेललाई यो कुरा नउठाऊ।’
बैठकमा भट्टराईले धितोपत्र बोर्डको अध्यक्ष बोलाएर स्टक एक्सचेन्जको विषयबारेमा सोधपुछ गर्नुपर्ने समेत बताए ।