काठमाडौं
अमेरिकी गुप्तचर निकाय सीआईएले कोरोना भाइरस जनावरबाट नभइ चिनको प्रयोगशालाबाट फैलिएको जनाएको छ। शनिबार जारी गरेको रिपोर्टमा जनावर भन्दा प्रयोगशालाबाट फैलिने सम्भावना बढी देखिएको जनाएको छ।
सीआईएको नयाँ निर्देशक जोन र्याटक्लिफको यो पहिलो निर्णय हो। जसलाई नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका हुन्। उनले बिहिबार मात्रै कार्यभार सम्हालेका थिए। ट्रम्पले कार्यभार सम्हालेपछि कोभिड १९ कै विषयिसमेत जोडेर विश्व स्वास्थ्य संगठनलाई दिने अनुदान रोक्ने निर्णय गरेका छन्।
जबकी यस्ता दाबीमा चिनले पहिले पनि आपत्ती जनाइसकेको छ। चिनले यसअघि पनि पश्चिमी मिडियाल अमेरिकाको उक्साहटमा अफबाह फेलाएको बताएको थियो।
र्याटक्लिफ ट्रम्पको पहिलो कार्यकालमा पनि गुप्तचर निकायका निर्देशक थिए। उनी लामो समयदेखि कोरोना भाइरस ल्याबबाट लिक भएको सिद्धान्तका पक्षधर रहिआएका छन्। उनको दाबी छ- कोरोना भाइरस सम्भवत: वुहान इन्सिच्युट अफ भाइरोलोजीबाट लिक भएको हो।
यो ल्याब ह्युनान वेट मार्केटबाट ४० मिनेटको दूरीमा छ। जहाँ एक समूहमा संक्रमण फैलिएको थियो।