स्ववियु निर्वाचन बाट नवलपुरका क्याम्पसरू भाग्दै : सभापति क्षेत्री

चैत्र ८, काठमाडौ

नेपाल विद्यार्थी संघ कावासाेतीका सभापति कुमार क्षेत्रीले क्याम्पसहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नया तालिका ननिकालेर निर्वाचनबाट भाग्न खाेजेकाे प्रति आपत्ति जनाएका छन् ।

त्रिवि तालिका अनुसार चैत्र ५ गते स्ववियु निर्वाचन हुनु पर्ने भएपनि फाल्गुन २९ गतेदेखि विभिन्न संगठनहरूले जिल्ला भरिका स्ववियु हुने क्याम्पसहरूमा तालाबन्दी गरेर प्रभावित भएकाे निर्वाचन नवलपुर जिल्लामा सक्रिय रहेका विद्यार्थी संगठनहरूकाे सहमतिमा चैत्र ३ गते ताला खाेलिएपनि स्ववियु निर्वाचन हुन नसकेको र नया कार्यतालिका पनि प्रकाशित नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

सम्पूर्ण विद्यार्थीहरूकाे साझा संस्था स्ववियु रहेकाेले स्ववियु निर्वाचन आवश्यक र अपरिहार्य रहेकाे उनकाे भनाई छ ।

‘ क्याम्पसमा हुने अनेक राजनैतिक कृयाकलाप स्ववियु कार्यसमिति आएपछि कम हुँदै जान्छ । लाेकतन्त्रकाे सुन्दर पक्ष निर्वाचन नै हाे, साथै निर्वाचनको विकल्प पनि निर्वाचन मात्रै हाे,’ उनले भनेका छन् । सम्पूर्ण विद्यार्थी संगठनहरू मिलेर क्याम्पस प्रशासनलाई तत्काल कार्यतालिका प्रकाशन गर्न दबाब दिन साथै निर्वाचनबाट नभाग्न अन्य संगठनहरूसँग अनुरोध गरेका छन् ।

चैत्र ५ गते हुन नसकेकाे निर्वाचन त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धि निर्देशिका २०८१ काे दफा १२(८) बमोजिम १५ दिन भित्र अर्थात चैत्र २० भित्र सम्पन्न हुने गरि कार्यतालिका प्रकाशन गरि अविलम्ब निर्वाचन गर्न नवलपुर जिल्ला भरिका क्याम्पस प्रशासनहरूलाई बिशेष गरि कावासाेतीका कुमारवर्ती बहुमुखी क्याम्पस र मध्यविन्दु बहुमुखी क्याम्पस समक्ष उनकाे आग्रह छ । उनले यसका साथै निर्वाचन गर्न नसक्ने भए उक्त निर्वाचन समितिहरू खारेज गरि नयाँ निर्वाचन समिति गठन गरि अगाडि बढ्न क्याम्पस प्रमुख र प्रशासनहरू समक्ष आग्रह गरेका छन् ।

सेयर गर्नुहोस्