नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकको अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओली एक दिन पनि सरकारमा बस्न नहुने बताएका छन् । उनले देशको अवस्था निकै चुनौतीपूर्ण रहेको बताउँदै केपी शर्मा ओली नेतृत्वको सरकारको जन्म नै असंवैधानिक तरिकाले भएको बताए ।
“देशको स्थिति चुनौतीपूर्ण छ । एमाले र केपी ओली नेतृत्वको सरकारको जन्म नै अलोकतान्त्रिक र असंवैधानिक छ भनेका छौँ । यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा नै हो,” उनले भने ।
उनले राम्रो काम गर्नेको तेजोबध गर्ने र आफ्नो लागि लागिपर्नेलाई जसरी पनि जोगाउने नै यो सरकारको काम भएको बताए ।
उनले यो सरकारका गलत काम हजारौँ भएकाले राख्न नमिल्ने बताए ।