सुनको भाउ तोलामा १४ सय बढ्यो, आज कतिमा हुँदै छ कारेबार ?

अघिल्लो दिन (जेठ ९ गते शुक्रबार) को तुलनामा आज (जेठ ११ गते आइतबार) सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको हो।

यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँ थियो। हिजो शनिबार भने सुनचाँदीको भाउ तोकिएन। चाँदीको भाउ भने अघिल्लो दिन ९शुक्रबार० कै कायम भएको छ। अर्थात् आज पनि चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

सेयर गर्नुहोस्