जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो, एक हजार ७७१ घाइते

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको संख्या ३६ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, भेरी अस्पतालमा पाँच, एभरेष्ट अस्पतालमा तीन, फ्रन्टलाइन अस्पतालमा तीन, केएमसी अस्पतालमा दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई, बयोधा अस्पतालमा दुई, रामेछाप अस्पतालमा दुई, बीएनसी अस्पतालमा एक, त्रिवि शिक्षण अस्पतालमा एक र इलाम अस्पतालमा एकजनाको मृत्यु भएको छ ।

“विभिन्न अस्पतालमा एक हजार ३६८ जनाको उपचार भइरहेको छ । हालसम्म १३ सय ७९ जना डिस्चार्ज भएका छन् । ७२ घाइतेलाई अन्य अस्पतालमा रिफर गरिएको छ,” उनले भने ।

सेयर गर्नुहोस्