काठमाडौं, कार्तिक १६ ।
Divine Hub काठमाडौं को आयोजनामा र Quest Nepal को प्राविधिक सहयोगमा तीन दिने Facilitator’s Skills Training कार्यक्रम Brain Land Academy, सुकेधारा मा सफलतापूर्वक सम्पन्न भएको छ।

“Good and Smart Citizens बनाउने अभियान” अन्तर्गत आयोजित उक्त प्रशिक्षण कार्तिक १४, १५ र १६ गतेका दिन सम्पन्न भएको हो। प्रशिक्षणमा काठमाडौंका ६ वटा विद्यालय — Brain Land Academy, Gokarneshwor Light Academy, Celebration Co-ed School, Pathik Gyan Niketan, Peak Point Academy र Peak Point Public School का करिब २० जना सहभागीहरू उपस्थित थिए।
कार्यक्रमको उद्घाटन सत्रमा Quest Nepal की पूर्व अध्यक्ष सुरिना सुनायनी गुरुङ प्रमुख अतिथि रहनुभएको थियो। प्रशिक्षणको सञ्चालन तथा सहजीकरणमा बुद्ध गौतम र रुपक खत्री ले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
दोस्रो दिनका सत्रहरूमा Quest Nepal का Think Tank सदस्यहरू निराजन अधिकारी, सुवर्णराज के.सी., रवि श्रेष्ठ र बुद्ध गौतम ले सहजीकरण गर्नुभएको थियो।
तेस्रो दिनको समापन सत्रमा Quest Nepal का अध्यक्ष नारद रिजाल, वरिष्ठ उपाध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष मोहनकुमार कार्की, Brain Land Academy का प्रिन्सिपल पारस मणि दाहाल, सहायक प्रिन्सिपल प्रशान्त दाहाल, र Peak Point Education Network का अध्यक्ष विनय श्रेष्ठ उपस्थित रहनुभएको थियो।

अध्यक्ष नारद रिजाल ले Divine Hub लाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो भने उपाध्यक्ष मोहनकुमार कार्की ले युवापुस्ता र शिक्षकहरूलाई उत्प्रेरित बनाउने खालका कार्यक्रम निरन्तर सञ्चालन गर्न सुझाव दिनुभयो।
कार्यक्रमको समग्र संयोजन Hub Coordinator बुद्ध गौतम र सहजीकरणमा रुपक खत्री को विशेष भूमिका रह्यो।
तीन दिन चलेको यो प्रशिक्षणले सहभागी शिक्षकहरूमा सहजीकरण सीप, नेतृत्व क्षमता र सकारात्मक दृष्टिकोण विकासमा योगदान पुर्याएको विश्वास व्यक्त गरिएको छ।







