काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १ सय ४४ सवारीचालकमाथि कारबाही गरिएको छ । ट्राफिक प्रहरीले जनाएको अनुसार उक्त कारबाहीबाट १९ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९१ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १ सय ५१ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १ सय ४९ जना तथा तीव्र गतिमा सवारी चलाउने १ सय ८६ जनालाई कारबाही गरिएको छ । साथै लेन अनुशासन नमानेका, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा पार्किङ गर्ने, एकतर्फी सडकमा सवारी चलाउनेसहित अन्य नियम उल्लङ्घन गर्नेहरू पनि कारबाहीमा परेका छन् ।






