स्थानीय बजारमा आइतबार (जेठ ३) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार रुपैयाँ कायम छ । शुक्रबार (जेठ १) छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।






