ललितपुर , जेष्ठ ७
ललितपुर जिल्ला को स्वास्थ्य सम्बन्ध प्रतिष्ठान संस्था पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ शिक्षालय प्रस्तुति, तथा विद्यालय का विद्यार्थी रुलाई आधारभुत स्वास्थ्य सम्बंधित जानकरी दिन र ब्याक्तिगत सरसफाई अनि पोषणको बारेमा अवगत गराउन एक प्रदर्शनीको आयोजना गरेको छ।

प्रभात माध्यमिक विद्यालयमा आयोजना गरिएको उक्त प्रदर्शनीमा स्वास्थ्य सम्बन्धी दुई दर्जनभन्दा बढी समस्याहरूको बारेमा जानकारी गराइएको थियो। दाँत ,आँखा, शरीरमा देखिने भित्री र बाहिरी रोगहरू लगायत महिलाको महिनावारी तथा नाक कान घाँटी सम्बन्धी देखापर्ने समस्याहरू , तिनीहरूका लक्षण र रोग लाग्नुका कारण र समाधानका उपायहरू समेत विस्तृत रुपमा प्रदर्शनीमा देखाइएको थियो। साथै उक्त बिषयमा विद्यार्थीहरुलाई सचित्र बुझाइएको थियो।

वातावरणलाई सन्तुलित र सरसफाई गर्ने उपाय, व्यक्तिगत सरसफाई, मानसिक रोग र यसका समाधानका उपायहरु समेतलाई प्रदर्शनीमा बुझिनेगरी प्रस्तुत गरिएको थियो

युवा पुस्तामा बढ्दै गएको दुर्वेसनी , यौन तथा प्रजनन स्वास्थ्य लगायतका विषयमा आवश्यक सामग्रीहरु सहित प्रष्ट पारिएको थियो। प्रदर्शनीमा विद्यालयका कक्षा ६ देखि १० सम्मका ४०० विद्यार्थीहरू सहभागी भएका थिए। विद्यालयका प्रधानाध्यापक देवीप्रसाद दुलाल सहित सम्पूर्ण शिक्षकहरुले प्रदर्शनी निकै रोचकताका साथ अवलोकन गरेका थिए।






