काठमाडौं : नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले एक दिवसीय अन्तर्राष्ट्रियमा नवौं अर्धशतक पूरा गरेका छन्।
आइसीसी विश्वकप लिग २ अन्तर्गत ४७.२ ओभरमा २९ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ४ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।
४६.३ ओभरमा सौरभ नेत्रभाल्कर ३८ रनमा साइतेजाले दिपेन्द्रको क्याच छुटाउँदा उनले जीवनदान पाएका थिए। नेपालका लागि यहि इनिङ्समा इशान पाण्डेले पनि अर्धशतक पूरा गरेका थिए।






