विद्यार्थीहरुले कक्षाकोठामै व्यावसायिक सामान उत्पादन

काठमाडौ , जेष्ठ १४

प्रभात मा वि मा वृहत उद्यमशिलता च्यालेन्ज प्रतियोगिता सम्पन्न भएको छ। जेठ १४ गते बिहान ७: ३० मा सुरु भएको कार्यक्रममा कक्षा १० मा अध्ययनरत ६ समुहका करिब ६४ जना विधार्थीले आफ्नो व्यवसायिक योजना र उत्पादित वस्तु प्रस्तुत एवं प्रदर्शन गरेका थिए।

INSSURE परियोजना र ललितपुर महानगर शिक्षा महाशाखाको समन्वय रहेको कामको संसार चिनारी कार्यक्रमका फोकल पर्सन कमल बन्जाडेले संचालन तथा प्र. अ.देवी प्रसाद दुलाल, SMC सदस्य तथा उधमी प्रल्हाद आचार्य एवं CG शिक्षक CM ढकाल निर्णायक रहेको कार्यक्रम करिव ११ बजे सम्म चलेको र सहभागीहरुले आ आफ्नो उत्पादन ( सर्वोत्तम पिठो, चिकेन अचार, कि रिङ्ग , आपको अचार, अकबरे र मुला अचार तथा नेपाली भादगाउले टोपी ) सहित व्यावसायिक योजना मध्ये नेपाली भादगाउले टोपी आगामी महानगरमा हुने प्रतियोगिताको लागि सिफारिश भएको छ।

अत्यन्त छोटो समयमा पनि विधार्थीको उच्च स्तरको प्रस्तुति देखेर निर्णायक मण्डल( प्र. अ., SMC सदस्य, CG TEACHER)ले खुलेर प्रसंशा गर्दै आगामी दिनमा हरतहको सहयोग गर्ने प्रतिज्ञा सहित उत्पादित वस्तु किनेर सहयोग गर्नु भएको थियो। साथै उक्त कार्यक्रमको अवलोकनमा पुगेका BBS प्रथम वर्षका भाईबहिनीले सम्म उच्च प्रसंसा गर्दै आफुले पनि धेरै कुरा भाई बहिनीसंग सिक्न पाएकोमा हर्षित रहेको र उत्पादित वस्तुको लागि माग आदेश गरिएको समेत जानकारी दिनुभयो।

यस कार्यलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला साथै ENSSURE परियोजना एवं ललितपुर महानगर शिक्षा महाशाखा प्रति  कार्यक्रमका फोकल पर्सन कमल बन्जाडेले विशेष आभार।

सेयर गर्नुहोस्