ज्ञानेन्द्रको प्रश्न : राजपरिवारले न्याय नपाएको देशमा के गरिब, दुखी र निमुखा जनताले न्याय पाउथे र?

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आफूहरूले हालसम्म पनि न्याय खोजिरहेको बताएका छन्।

पूर्वराजा वीरेन्द्र तथा दरबार हत्याकाण्डमा दिवंगत सम्पूर्ण राजपरिवारप्रति श्रद्धासुमन अर्पण गर्दै उनले न्याय खोजिरहेको बताएका हुन्।

‘हामी न्याय खोजिरहेका छौँ। राजपरिवारले न्याय नपाएको देशमा के गरिब, दुःखी र निमुखा जनताले न्याय पाउँथे र?’ उनले सामाजिक सञ्जालमा भने, ‘श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव तथा दरबार हत्याकाण्डमा दिवंगत सम्पूर्ण राजपरिवारप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।’

दरबार हत्याकाण्ड भएको समयमा देशका गृहमन्त्री रहेका व्यक्ति आज राष्ट्रपतिको जिम्मेवारीमा रहेको उनले बताए। त्यस समयको परिस्थितिबारे उनीसँग महत्वपूर्ण जानकारी, अनुभव वा दृष्टिकोण हुन सक्ने भएकाले सत्यतथ्य पत्ता लगाउने उद्देश्यले उनको बयान लिने, आवश्यक जानकारी माग्ने वा छानबिन प्रक्रियामा सहयोग गर्न अनुरोध गर्ने विषयमा सम्बन्धित निकायले विचार गर्न शाहीले आग्रह गरे।

दरबार हत्याकाण्ड कसले गर्यो भन्ने प्रश्न आज पनि धेरै नेपाली जनताको मनमा जीवित रहेको उनको भनाइ छ। यस कारण उक्त घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन गर्न उनले जोडदार माग गरेका छन्।

सेयर गर्नुहोस्