spot_img
spot_img

जलहरी प्रकरण : सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमती विवादका विषयमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

spot_img
spot_img

प्रतिनिधि सभामा उठेको पशुपतिनाथको जलहरीका विवादमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । शनिवार सिंहदरबारमा भएको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले जलहरी विवादका विषयमा संसद्‍मा सम्बोधन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

शुक्रवारको बैठकमा पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेले बैठक अवरुद्ध गरेको थियो ।

यसअघि गत बुधवारको बैठकमा बोल्ने क्रममा माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा सुन भनेर पित्तलको जलहरी राखेको आरोप लगाएका थिए ।तीन दलको बैठकमा प्रधानमन्त्रीप्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक, एमाले अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी, माओवादी वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img