निजगढ । शितलहरले मधेशमा चिसो बढेपछि जाडोबाट बचाउन बाराको महिला आवाज नेपाल, निजगढ संस्थाद्वारा मंगलबार न्यानो फाइबर-सिरक र खाध्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल महिला आवाज संस्थाले बारा निजगढ नगरपालिका वडा नम्बर ५ का अति विपन्न परिवारलाई उक्त सामग्री वितरण गरेको हो । संस्थाले गरिबीको रेखामुनी रहेका अति विपन्न समुदायका ५ परिवारलाई सो सामग्री वस्तीमै पुगेर वितरण गरेको छ।
शीतलहरसङै बढदो चिसोलाई ख्याल गर्दै उक्त चिसोबाट प्रभावित समुदायलाई बिशेश मध्यनजर गर्दै निजगढ नगरपालिका वडा नम्बर ७ मा अवस्थित महिला आवाज नेपालले गरिबिको रेखा मुनि रहेका निम्न वर्गका विपन्न ५ परिवारलाई शीतलहरबाट जोगाउन उक्त सामग्री वितरण गरेको संस्थाकी अध्यक्ष सावित्री बराल तिमल्सिनाले जानकारी दिनुभयो ।
संस्थाकी अध्यक्ष सावित्री बराल तिमल्सिनाको नेतृत्वमा संचालन उक्त कार्यक्रम संस्थाको पदाधिकारीहरु,महिला आवाजकी बरिष्ठ सल्लाहकार तथा महिला नेतृ समाजसेवी सिता मैनालि, कार्यपालिका सदस्य शर्मिला वि.क., वडा न ६ का वडा सदस्य कृष्णबहादुर मोक्तान, वडा न ५ का प्रत्यासी उम्मेदवार सहदेव गौतम (पिताम्बर), वडा ६ का प्रमोद राउत र संस्थाका सदस्यहरु लगायतको बिशेश सहभागीता र रोहवरमा कार्यक्रम सम्पन्न भएको थियो।