चितवन: चितवनमा दुई किलो ३० ग्राम लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागुऔषध र दुई लाख १६ हजार ५०० रुपैयाँसहित कालिकोटका ४० वर्षीय केशब बमलाई भरतपुर–१० चौबिसकोठीबाट आइतबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार चौबिसकोठीको पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा सार्वजनिक सवारीबाट ओर्लिई शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा बमलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी चितवन प्रहरीले आज पत्रकार सम्मेलन गरी ३२ थान हराएका मोबाइलहरू फेला पारी सम्बन्धित धनीलाई बुझाइएको जनाएको छ । चितवनलगायत काठमाण्डौ, पर्सा, बारा, नवलपरासी, कास्की, रुपन्देही, महोत्तरीलगायतका जिल्लामा अन्य व्यक्तिले चलाइरहेको अवस्थामा विभिन्न कम्पनीका मोबाइलहरु फेला पारी आज मोबाइल धनीलाई बुझाइएको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।